पाकिस्तानको खैबर र पञ्जाब प्रान्तमा भीषण वर्षाका कारण २८ जनाको मृत्यु, १४० घाइते

न्युजलय २८ जेठ २०८०, आइतबार ०८:१४ मा प्रकाशित

काठमाडौं ।  पाकिस्तानमा परेको भिषण बर्षाका कारण २८ जनाको मृत्यु भएको छ।  शनिबार राती परेको भारी बर्षाका कारण खैबर पख्तुनख्वा र पञ्जाब प्रान्तमा २८ जनाको मृत्यु भएको छ भने १४० भन्दा बढी घाइते भएका छन् । 

वर्षाका कारण धेरै घर भत्किएका छन्, रुखहरु ढलेका छन् र बिजुलीका पोलहरु ढलेका छन् । 

भारतीय सञ्चारमाध्यमका अनुसार भारी वर्षा र असिनापानीका कारण खैबर पख्तुनख्वाका बन्नु, लक्की मारवत, डेरा इस्माइल खान र कारक जिल्लामा २५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

पञ्जाबको खुसाब जिल्लाको एउटा गाउँमा घरको पर्खाल भत्किँदा तीन बालिकाको मृत्यु भएको छ । राहत अधिकारीले घाइतेहरुलाई तत्काल राहत उपलब्ध गराएको जनाइएको छ ।