नैरोबी । केन्याको राजधानी नैरोबीमा ग्यास विष्फोट हुँदा ३ जनाको मृत्यु भएको छ भने कम्तीमा पनि तीन सय जना घाइते भएका छन् ।
ग्यासको सिलिन्डर बोकेर गइरहेको एउटा लरी एम्बाकासी जिल्लामा विष्फोट हुँदा आगोको मुस्लो निस्किएको थियो ।
यस घटनामा नजिक रहेका घर, कार्यालय र कारहरू जलेर क्षतविक्षत भएका थिए । लरीमा कसरी विष्फोट भयो भन्ने कुरा अज्ञात नै छ । यस घटनामा मर्ने तीन जनामध्ये एक जना बालक भएको बताइएको छ ।
घाइतेको संख्या उच्च रहेकोले मृत्यु हुनेको संख्या थप बढ्ने आशंका गरिएको छ ।