उडिरहेको विमानलाई बमले उडाइदिने धम्की दिएपछि ‘डाइभर्ट’

न्युजलय ४ कार्तिक २०८१, आइतबार ११:१३ मा प्रकाशित

काठमाडौं । उडिरहेको एक विमानलाई बमले उडाइदिने धम्कि दिएपछि बीचबाटै डाइभर्ट गरिएको छ। 

उक्त विमान भारतको दिल्लीबाट शुक्रबार बेलायतको लन्डन गइरहेको थियो ।  ‘भिस्टारा’ एयरलाइन्सको सो विमान बमको धम्कीपछि जर्मनीको फ्र्याङ्कफर्टतर्फ डाइभर्ट गरिएको थियो ।

शनिबार बिहान सामाजिक सञ्जाल ‘एक्स’मार्फत जानकारी  दिँदै ‘भिस्टारा’ ले भनेको छ– दिल्लीबाट लन्डन जाने उडान नम्बर यूके १७ लाई फ्र्याङ्कफर्ट डाइभर्ट गरिएको छ।

अर्को ‘एक्स’ पोस्टमा डाइभर्ट गरिएको उडान नम्बर यूके १७ फ्र्याङ्कफर्ट एयरपोर्टबाट उडेको र छिट्टै लन्डन पुग्ने बताएको थियो।

समाचार एजेन्सी पीटीआईका अनुसार शनिबार बिहान ‘भिस्टारा’ का प्रवक्ताले उडान फ्र्याङ्कफर्ट एयरपोर्टमा सुरक्षित अवतरण भएको र अनिवार्य जाँच भइरहेको बताएका थिए।