नेप्से परिसूचक १३.४० अ‍ंकले वृद्धि

न्युजलय ३० कार्तिक २०७९, बुधबार ०९:३६ मा प्रकाशित

काठमाडौं । सेयर बजारमा आज उकालो लागेको छ । 

नेप्से बुधबार शून्य दशमलव १७ प्रतिशतले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३.४० अ‍ंकले वृद्धि हुँदै १९११.२६ विन्दुमा आएर रोकिएको छ । 

१८६ कम्पनीको कारोबार हुँदा १४१ कम्पनीमा वृद्धि भएको, ३८ कम्पनीको सेयर ओरालो लागेको र सातवटा कम्पनी स्थिर रहेको नेप्सेले जनाएको छ ।

आज २४ लाख ९५ हजार ६१२ सेयर कित्ता किनबेच हुँदा ८५ करोड ९४ लाख ६८ हजार बढीको कारोबार भएको हो ।