भारतमा रथले ओभरहेड हाई–टेन्सन तारसँग छोइदा ६ जनाको मृत्यु, १५ घाइते

न्युजलय १४ असार २०८०, बिहिबार १२:२० मा प्रकाशित

काठमाडौँ । भारतको त्रिपुरामा एउटा रथ ओभरहेड हाई–टेन्सन तारसँग छोइदा कम्तीमा छ जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन् ।

अधिकारीका अनुसार धार्मिक यात्रामा देवता बोकेको रथलाई भक्तजनले तानेका बेला दुर्घटना भएको हो ।

घाइतेहरूलाई सरकारी अस्पतालमा भर्ना गरिएको छ । प्रहरीले दुर्घटनाको विषयमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको जनाएको छ ।