१६.९६ अंकले बढ्यो नेप्से परिसूचक

न्युजलय २६ मङ्सिर २०७९, सोमबार ०९:४३ मा प्रकाशित

काठमाडौं । सोमबार (आज) नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ।  सोमबार नेप्से १६.९६ अंकले बढेर १९०२.२७ विन्दुमा अडिएको छ।

सेन्सेटिभ इण्डेक्स ५.५७ अंकले वृद्धि भएको छ। आज २४५ कम्पनीको ४४ लाख ७० हजार ६२५ कित्ता सेयर १ अर्ब ३६ करोड ६० लाख १० हजार ४६४ रुपैयाँमा खरिदबिक्री भयो। २२ हजार ९९३ पटक सेयर कारोबार भयो।

सेयर कारोबार आइतबारको तुलनामा बढेको छ। सोमबार दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो। सुमित लघुवित्त वित्तीय र सीवाईसी लघुवित्त वित्तीयको सेयर मूल्य १० प्रतिशतले बढेको हो।

कारोबारमा आएका १३ समूहमध्ये १२ को सूचक बढ्यो भने १ को घट्यो।