बर्लिनको विशाल एक्वारियम फुटेपछि...

न्युजलय २ पुस २०७९, शनिवार ११:०० मा प्रकाशित

काठमाण्डौ । बर्लिनको र्याडिसन ब्लुको लबीमा रहेको १० लाख लिटर पानी भएको विशाल एक्वारियम फुटेको छ । एक्वैरिम फुटेपछि होटल र नजिकैका सडकहरू बाढीमा परेका छन्।

१५ सय माछाहरूको घर ‘एक्वाडोम’ १५ दशमबल ८५ मिटर उचाई (५३ फिट) अग्लो थियो । त्यसलाई  संसारको सबैभन्दा ठूलो बेलनाकार एक्वारियमको रूपमा वर्णन गरिएको थियो । विष्फोटपछि सिसा खसेर दुई जना घाइते भएका छन् ।

घटनापछि पाहुनाहरु होटलबाहिर लगिएको थियो ।