ग्रीसमा डुंगा दुर्घटनामा तीन सय पाकिस्तानीको मृत्यु भएको आशंका

न्युजलय ५ असार २०८०, मङ्गलबार ०७:५६ मा प्रकाशित

काठमाडौं । ग्रीसमा भएको डुङ्गा दुर्घटनामा तीन सयभन्दा बढी पाकिस्तानी नागरिकको मृत्यु भएको आशंका गरिएको छ।

उक्त दुर्घटनापछि पाकिस्तान सरकारले मानव तस्करविरुद्ध कारवाही सुरु गर्दै देशका विभिन्न भागबाट १२ संदिग्धलाई पक्राउ गरेको छ।

ग्रीसको तटमा करिब ७५० यात्रु बोकेको माछा मार्ने डुङ्गा पल्टिँदा धेरैको मृत्यु भएको हुन सक्ने जनाइएको छ। हालसम्म १२ जना पाकिस्तानी जीवितै फेला परेका छन्। 

समाचार अनुसार दुर्घटना ग्रस्त डुङ्गामा ४ सय पाकिस्तानी,२ सय इजिप्ट र १ सय ५० सिरियाली नागरिक थिए।