सैन्य अभ्यासमा जहाज दुर्घटना हुँदा साउदी राजकुमारको मृत्यु

न्युजलय २२ मङ्सिर २०८०, शुक्रबार ०२:०६ मा प्रकाशित

काठमाडौं । साउदी अरेबियाका राजकुमारको सैन्य अभ्यासको क्रममा जहाज दुर्घटना हुँदा मृत्यु भएको छ ।

राजकुमार तलाल बिन अब्दुल अजिजको ६२ वर्षको उमेरमा मृत्यु भएको हो ।

साउदी अरबको सेनाको सैन्य अभ्यासको क्रममा उनको मृत्यु भएको विश्व मिडियाहरुले जानकारी दिएका छन् । मृत्युको पुष्टि साउदी दरबारले पनि गरेको छ ।

सन् २००२ देखि २०१२ सम्म साउदीका गुप्तचर प्रमुख भएका उनी साउदीका प्रथम राजा अब्दुल अजिजका नाति हुन् ।