एभियन फ्लुले जापानमा एक करोड पंछी मारिए

न्युजलय २५ पुस २०७९, सोमबार ०५:४२ मा प्रकाशित

काठमाडौं । एभियन इन्फ्लुएन्जाको त्रास बढ्दै गएपछि जापानका पोल्ट्री फार्ममा करिब एक करोड चरा नष्ट गरिएको छ ।

टोकियोको उत्तरपूर्वी इबाराकी प्रिफेक्चरको शिरोसाटो सहरको कुखुरा फार्ममा बर्डफ्लूको प्रकोप पुष्टि भएकाले चरा, कुखुरालगायत पक्षी नष्ट गरिएको कृषि, वन तथा मत्स्य मन्त्रालयले जनाएको छ।