काठमाडौ । चीनमा गएको ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ११८ पुगेको छ । एएफपीका अनुसार चीनको उत्तरपश्चिमी गान्सु र छिनहाइ प्रान्तमा भूकम्पमा परी ११८ जनाको मृत्यु भएको हो ।
चीनको चिसो र पहाडी क्षेत्रमा सोमबार राति गएको भूकम्पले हालसम्म पाँच सयभन्दा बढी घाइते भएको विवरण प्राप्त भएको छ । भूकम्पको धक्काले घर तथा सडकमा ठूलै क्षति पुर्याएको छ । साथै भूकम्पले विद्युत् र सञ्चारका पूर्वाधार पनि भत्किएका छन् ।
अमेरिकी भूगर्भ सर्वेक्षणले चीनमा ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको बताएको छ । यद्यपि चीनको भूकम्प सञ्जाल केन्द्रले भने ६ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको र यसको गहिराइ १० किलोमिटर रहेको बताएको छ ।