श्रीलंकामा कार रेसिङमा दुर्घटना हुँदा ७ जनाको मृत्यु

न्युजलय १० बैशाख २०८१, सोमबार १२:१५ मा प्रकाशित

  काठमाडौँ । । श्रीलङ्कामा भएको एक कार रेसमा रेसिङ कार दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। 

मध्य श्रीलङ्काको दियातलावा सहरमा आयोजित कार्यक्रममा एक रेसिङ कार ट्र्याकबाट हटेर भीडमा ठोक्किँदा सात जनाको मृत्यु भएको हो।

प्रहरीका अनुसार सो दुर्घटनामा परी अन्य २० जना घाइते भएका छन्। दियातलावामा फक्स हिल सुपर क्रस २०२४ रेसिङ इभेन्टमा कारले नियन्त्रण गुमाएर दर्शकको समूहलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ।