काठमाडौँ । आज सुन तोलाको १०० रुपैयाँ र चाँदी ३५ रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ९३ हजार ७०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य ३५ रुपैयाँ रुपैयाँले घटेर ५ हजार ११५ रुपैयाँ पुगेको छ ।