नेप्से ६.५१ अंकले बढ्यो

न्युजलय ३ भदौ २०८२, मङ्गलबार ०३:४२ मा प्रकाशित

काठमाडौँ । सेयर बजारमा मंगलबार सामान्य सुधार देखिएको छ । मंगलबार नेप्से परिसूचक ६.५१ अंकले बढेर २७७६.९० को बिन्दुमा कायम भएको छ । 

आज ३१६ कम्पनीको १ करोड ३१ लाख २४ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६३ करोडको कारोबार भएको हो ।

त्यस्तै, आज होटल्स तथा टुरिज्मबाहेकका सबै इन्डेक्सहरुमा सामान्य बृद्धि भएको छ ।