ओडिशामा रोकेको मालबाहक ट्रेन अचानक चल्यो, ६ मजदुरको मृत्यु

न्युजलय २५ जेठ २०८०, बिहिबार १२:५३ मा प्रकाशित

नयाँ दिल्ली । भारतको ओडिशाको जाजपुर रोड रेलवे स्टेशननजिकै पार्किङ गरी राखिएको मालबाहक रेलले किचेर छ जना मजदुरको मृत्यु भएको छ ।

रेलमा इन्जिन जोडिएको थिएन। सुरक्षा ट्र्याकमा उभिएको थियो। हावाहुरी र वर्षाका कारण मालगाडीका डिब्बाहरु गुडेका रेलवेले जनाएको छ ।

घटना हुँदा ठूलो पानी परिरहेको थियो। वर्षाबाट बच्न मजदुरहरू रेलमुनि बसिरहेका थिए । उक्त दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । घाइतेहरुलाई अस्पताल लगिएको छ ।

हावाहुरी र भारी वर्षाका कारण इन्जिनविनाको मनसुन रिजर्भ र्‍याक(रेल) चलेको बीबीसी समाचारमा जनाइएको छ।