रुसी क्षेप्यास्त्र प्रहारबाट ११ जना युक्रेनीको मृत्यु

न्युजलय ३१ जेठ २०८०, बुधबार ०८:१५ मा प्रकाशित

काठमाडौं । रुसी क्षेप्यास्त्र प्रहारबाट ११ जना युक्रेनीको मृत्यु भएको छ । मंगलबार राती मध्य युक्रेनी सहर क्रिभि रिहमा भएको क्षेप्यास्त्र प्रहारबाट ११ जनाको मृत्यु भएको हो भने २८ जना घाइते भएका छन् । 

क्षेत्रीय अधिकारीहरूले उद्धार टोलीहरूले भग्नावशेषमुनि फसेका मानिसहरूलाई बाहिर निकाल्न काम गरिरहेको बताएका छन्। क्रुज मिसाइल आक्रमणले पाँच तले आवासीय भवनलाई निशाना बनाएको बताइएको छ ।

रुसले आक्रमण गरेको क्रिवीवी रिह सहर युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको गृहनगर हो।