ताइवानमा ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प

न्युजलय २१ चैत २०८०, बुधबार १०:५४ मा प्रकाशित

काठमाडौं । ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधवार ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प गएको छ। 

ताइवानको ख्वालिएन शहरदेखि करिब १८ किलोमिटर पर केन्द्रबिन्दु बनाई ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । 

ताइवानका अधिकारीहरूले यो २५ वर्षयताकै सबैभन्दा शक्तिशाली भूकम्पभएको बताएका छन् ।लबुधवारको भूकम्पपछि अहिलेसम्म ४ म्याग्निट्यूड अथवा सोभन्दा ठूला नौवटा परकम्प गएको बीबीसीले जनाएको छ । चीनको दक्षिण–पूर्वी फुजिएन प्रान्तका कतिपय हिस्सामा भूकम्पको धक्का महसुस गरिएको समाचारमा उल्लेख छ । 

भूकम्पसँगै ताइवान र उसका छिमेकी देशहरूमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ। 

हालसम्म चार जनाको ज्यान गएको विवरण आएको बीबीसीले जनाएको छ । भूकम्पले निम्त्याएका क्षतिको यकिन विवरण आउन बाँकी छ।