काठमाडौँ । दक्षिण अफ्रिकाको उत्तरपूर्वी लिम्पोपो प्रान्तमा बिहीबार भएको बस दुर्घटनामा ४५ जनाको मृत्यु भएको छ ।
बोत्सवानाबाट लिम्पोपो प्रान्तको मोरिया शहरतर्फ गइरहेको यात्रुबाहक बस दुर्घटनामा एक जना आठ वर्षीया बालिका जीवित भेटिएकी छन्।
दुर्घटनाका बारेमा यथार्थ विवरण भने सार्वजनिक भइसकेको छैन । दुर्घटनामा ज्यान गुमाउनेहरू अधिकांश इसाई समुदायको ईस्टर पर्वका अवसरमा सहभागीहरू रहेका प्रहरीको भनाई छ ।
उक्त बस अनियन्त्रित भई पुलबाट झण्डै ५० मिटर तल नदीमा खसेर आगो लागेको बिबिसिले उल्लेख गरेको छ ।