काठमाण्डौ । इरानको उत्तर–पश्चिम भागमा शक्तिशाली भूकम्प गएको छ । इरानको सरकारी मिडिया एजेन्सी आइआरएनएले जानकारी दिएको छ । भूकम्पका कारण थुप्रै भवनमा क्षति पुगेको छ ।
रिपोर्टका अनुसार भकम्पको म्याग्नेच्युड ५.९ मापन गरिएको छ । यो भूकम्प स्थानीय समयानुसार शनिबार राती ९ बजेर ४४ मिनेटमा आएको थियो र यसको केन्द्र जमिनभित्र सात किलोमिटर भित्र थियो ।
भूकम्पको केन्द्र उत्तरपश्चिम इरानको वेस्ट अजरबैजान प्रान्तको खोय शहर थियो । यो इलाका टर्कीसँग जोडिएको सीमाको नजिक छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार भूकम्पका कारण कम्तीमा तीन जनाको मृत्यु भएको छ र ३ सयभन्दा बढी घाइते भएका छन् । भूकम्पका कारण थुप्रै घरमा क्षती पुगेको खबर छ ।
भूकम्पबारे जानकारी दिने युरोपियन–भूमध्यसागरीय केन्द्रले बताए अनुसार भूकम्पको झट्का टर्की, इराक, अर्मेनिया र अजरबैजानमा पनि झट्का महसुस गरियो ।