माल्दिभ्समा एक भवनमा आगलागी, ७० जना भन्दा बढी घाइते

न्युजलय ३० मङ्सिर २०७९, शुक्रबार ०७:४१ मा प्रकाशित

काठमाडौं । माल्दिभ्सको औद्योगिक टापुको गुलिफाल्हुको एक आवासीय भवनमा शुक्रबार आगलागी हुँदा ७० जनाभन्दा बढी घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

‘माल्दिभ्सको नेसनल डिफेन्स फोर्स (एमएनडीएफ)’ लाई आगलागीबारे जानकारी गराइएको र अग्निनियन्त्रकलाई तत्काल घटनास्थलमा पठाइएको स्थानीय सञ्चारमाध्यमले प्रहरी प्रवक्तालाई उद्धृत गर्दै समाचारमा जनाएका छन् ।


प्रहरीका अनुसार ७६ जना घाइते भएका छन् भने छ जना गम्भीर घाइते भएका छन् । आगलागीको कारण खुल्न नसकेको बताइएको छ । घटनाको अनुसन्धान गरिरहेको स्थानीय सञ्चारमाध्यमले प्रहरीलाई उद्धृत गरी जनाएका छन् ।