काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से ९.७० अंक घटेको छ । सो कमीपछि नेप्से २७६७ अंकमा कायम भएको छ ।
कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ५ अर्ब ६३ करोडको कारोबार भएकोमा आज ५ अर्ब २० करोडमा खुम्चियो । आज ५९ कम्पनीको मूल्य बढ्दा १८८ को घट्यो भने २ को स्थिर रह्यो ।