काठमाडौं । सुनको मूल्य आज फेरि बढेको छ । आज एकैदिन २२ सय रुपैयाँ र चाँदीमा ८५ रुपैयाँले बढेको हो ।
सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा २ लाख ९६ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदीको मूल्य ८५ रुपैयाँले बढेर ४ हजार ९६० कायम भएको छ ।