काठमाडौं । नेपालमा थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने दुई जना संक्रमणमुक्त भएका छन् ।
नेपालका छिमेकी मुलुक चीन र भारतमा कोरोना संक्रमण दर बढ्दै गएका बेला नेपालमा पनि उच्च सतर्कता अपनाइएको सरकारको भनाइ छ । दुई जना संक्रमण मुक्त भएसँगै अहिलेसम्म कोभिड–१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८८ हजार ९८१ पुगेको छ। नयाँ भेरियन्ट बीएफ ७ नेपालमा आउन नदिन सीमा नाका तथा विमानस्थलमा पनि निगरानी बढाइएको सरकारको भनाइ छ ।