फिलिपिन्समा पहिरोमा पुरिएका ५ जनाको मृत्यु, ४५ जनाको उद्धार

न्युजलय २४ माघ २०८०, बुधबार ०३:२८ मा प्रकाशित

  काठमाडौँ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा पर्ने दाभाओ दी ओरो प्रान्तको एक खानीमा गएको पहिरोमा पुरिएर पाँच जनाको ज्यान गएको छ । पुरीएका ८६ जनामध्ये उद्धारकर्मीले ४५ जनालाई उद्धार गरेका छन् ।

घटनास्थल नजिकै रहेका झन्डै ६ सय जनालाई सुरक्षित ठाउँमा सारिएको र पहिरोका कारण कैँयौँ व्यक्ति प्रभावित भएको बताएइको छ ।

झन्डै १० दिनदेखि परेको पानीका कारण खानीमा पहिरो गएको हो । फिलिपिन्समा यो हप्ता मुसलधारे वर्षाका कारण झन्डै आठ लाख मानिस प्रभावित भएका र २० जनाभन्दा बढीको ज्यान गएको फिलिपिन्स सरकारलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिह्वाले जनाएको छ । यस्तै ४१ जना बेपत्ता छन् ।