काठमाडौँ । आइतबार(आज) सेयर बजारको परिसूचक नेप्से ५७.६१ अंकले बढेको छ । नेप्से परिसूचक २०८६ अंकमा पुगेको छ भने कुल २ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएको छ । बजारका सबै सूचक बढेका छन् ।
बैंकिङ १६, विकास बैंक ११८, फाइनान्स ६५, होटल तथा पर्यटन ९४, जलविद्युत् १२८, जीवन बीमा १७०, उत्पादन २५०, माइक्रोफाइनान्स १३९, निर्जीवन बीमा १८१, अन्य ७२ र ब्यापार उपसमूह सूचक १७४ अंक बढे ।
कुल १७६ कम्पनीको मूल्य बढ्दा १२ को घट्यो भने ५ को स्थिर रह्यो । साल्ट ट्रेडिङ, हिमालय पावर पार्टनर, माथिल्लो तामाकोसी, सान्जेन, नेस्डो लघुवित्त र सीवाईसी लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै रसुवागढी र मध्यभोटेकोसीको मूल्य साढे ९ प्रतिशत धेरैले बढ्यो ।