पाकिस्तानमा भएको हमलामा परी ४३ जनाको मृत्यु

न्युजलय ७ मङ्सिर २०८१, शुक्रबार ०१:०१ मा प्रकाशित

काठमाडौं । उत्तरपश्चिम पाकिस्तानमा भएको साम्प्रदायिक हमलामा ४३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । 

अधिकारीहरुका अनुसार प्रभावित जिल्लामा कर्फ्यू लगाइएको र मोबाइल सेवासमेत बन्द गरेको बताएका छन् ।अफगानिस्तान सीमा नजिकैको खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा प्रहरी एस्कसँग यात्रा गरिरहेका शिया मुसलमानको दुईवटा छुट्टै समुहमा बन्दुकधारीले बिहीबार गोली हानेका थिए ।

लामो समय देखि यस क्षेत्रमा सुन्नी र शिया मुस्लिम जनजातिहरू बिच झडप भईरहेको छ । एक वरिष्ठ प्रशासनीक अधिकारीले कुर्रममा भएको हमलाको पुष्टि गरेका छन् । उनका अनुसार पीडितहरू मध्ये सात जना महिला र तीन जना बालबालिकासमेत रहेका छन् भने आक्रमणमा १६ जना घाइते भएका छन् ।