काठमाडौँ । बुधबार(आज) सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ४०० रुपैयाँ र चाँदी पाँच रुपैयाँले घटेको हो ।
मंगलबार प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९१ हजार ५०० रुपैयाँमा कारोबार हुनेछ । सोही परिमाणको तेजावी सुन प्रतितोला ९१ हजार ४०० रुपैयाँ रहेकोमा आज ९१ हजार रहेको छ ।
यता, चाँदी भने प्रतितोला एक हजार २०० रुपैयाँमा कारोबार हुनेछ । यसअघि एक हजार २०५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेको महासंघले जनाएको छ ।