बराहक्षेत्रबाट करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

न्युजलय २३ बैशाख २०८३, बुधबार ०२:०८ मा प्रकाशित

सुनसरी । बराहक्षेत्र नगरपालिका–२ बाट १४८ किलो अवैध लागूऔषध गाँजासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत सुपोल बिहार राज्य बीरपुर बस्ने २१ वर्षीय मो. सदाम र १८ वर्षीय किशोर रहेका छन् ।  

इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले चतराबाट तेह्रआर्डीतर्फ आउँदै गरेको बीआर ०७ पिसि ४७६५ नम्बरको एम्बुलेन्समा सवार उनीहरूलाई उक्त परिमाणको गाँजा सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।