पोल्याण्डमा छुरा प्रहार गरी खोटाङका राजेश दाहालको हत्या

न्युजलय १५ फाल्गुण २०८०, मङ्गलबार ०३:५२ मा प्रकाशित

काठमाडौं । पोल्याण्डमा एक नेपालीको छुरा प्रहार गरी हत्या गरिएको छ ।

सामान्य विवादका क्रममा आफ्नै सहकर्मीले छुरा प्रहार गर्दा खोटाङको साकेला गाउँपालिकाका राजेश दाहालको मृत्यु भएको हो । एनआरएनए पोल्याण्डकाअनुसार घटना शनिबार रातिको हो ।

मदिराले मातिएको समयमा सामान्य विवाद हुँदा दाहालमाथि छुरा प्रहार भएको पाइएको छ । घटनामा ३५ वर्षीय युवकलाई पक्राउ गरिएको छ ।

दाहालको शव परीक्षणका लागि अस्पतालको शवगृहमा राखिएको छ । नेपाल ल्याउने तयारी भइरहेको एनआरएनए पोल्याण्डले जनाएको छ ।