काठमाडौँ । सेयर बजारमा आज ११.८२ अंकको गिरावट आएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से उक्त अंकले घटेर १९२१.३१ विन्दुमा पुगेको छ। क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि आज ३.२२ अंकले झरेको छ।
२३० कम्पनीको सेयर कारोबार भएको दिन ३० लाख कित्ता मात्र किनबेच भएको छ। नेप्सेका अनुसार २३ हजार पटकको कारोबारमा १ अर्बको सेयर खरिदबिक्री भएको हो।