काठमाडौं । पश्चिम अफ्रिकी देश सेनेगलमा दुई वटा बस जुध्दा ४० जनाको मृत्यु भएको छ भने ८० जना घाइते भएका छन् ।
यो दुर्घटना राजधानी सेनेगलबाट २२० किलोमिटर टाढाको कैफरिन शहर नजिकै भएको हो । पश्चिमी अफ्रिकी देशमा हालैका दिनमा यस्तो दुर्घटना भएको थिएन । यसअघि सन् २०१७ मा भएको यस्तै दुर्घटनामा २५ जनाको मृत्यु भएको थियो ।
सेनेगलका राष्ट्रपति मैकी सलले दुर्घटना बारे जानकारी दिँदै दुख व्यक्त गरेका छन् । साथै उनले तीन दिन राष्ट्रिय शोकको घोषणा समेत गरेका छन् ।