काठमाडौं । सेयर बजार मंगलबार(आज) दोहोरो अंकले बढेको छ । २७.३१ अंकले बढेर बजार १८७१.३३ विन्दुमा उक्लियो । यो १.४८ प्रतिशतको वृद्धि हो । तर, मंगलबार कारोबार रकम भने १ अर्ब पनि नाघेन ।
कुल २६२ धितोपत्रको ३५ हजार २३७ वटा कारोबारबाट ३३ लाख १५ हजार ७२० कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम ९४ करोड ५२ लाख ४९ हजार १७९ रुपैयाँको भयो ।
मंगलबार सबै उपसूचकमा हरियाली देखियो । सबैभन्दा बढी उत्पादन र प्रशोधनमा वृद्धि देखियो ।
मंगलबार कालिञ्चोक दर्शन प्रालि र आदर्श लघुवित्तको कारोबार सकारात्मक सर्किट लेबलमा भएको छ ।