बिहारमा विषाक्त मदिरा सेवनबाट ३३ जनाको मृत्यु

न्युजलय २ कार्तिक २०८१, शुक्रबार ०२:३९ मा प्रकाशित

 काठमाडौं । भारतको बिहार राज्यमा विषाक्त मदिरा सेवनबाट ३३ जनाको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमकाअनुसार अक्टोबर १६ देखि बिहारको सारण र सिवान जिल्लामा विषाक्त मदिरा सेवनका कारण ३३ जनाको मृत्यु हो ।

बिहारका मुख्यमन्त्री नितिश कुमारले अधिकारीहरूलाई यस विषयमा उच्च स्तरीय समीक्षा गर्न र सबै बिन्दुहरूमा छानबिन गर्न निर्देशन दिएका छन् ।

बिहारमा सन् २०१६ देखि पूर्णरुपमा रक्सी प्रतिबन्ध छ । तर, विषाक्त मदिराका कारण धेरै जनाको मृत्यु हुने गरेको छ ।