क्यानडामा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु

न्युजलय ३३ जेठ २०८०, शुक्रबार ०८:१६ मा प्रकाशित

काठमाडौं । क्यानडामा बस र ट्रक ठोक्किँदा १५ जनाको मृत्यु भएको छ। मोनितोबा प्रान्तका जेष्ठ नागरिक सवार बस राजमार्गमा ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएका १० जनालाई अस्पताल लगिएको छ। दुर्घटना लगत्तै १२ वटा एम्बुलेन्स दुर्घटनास्थल पुगेको थियो। यस्तै, उद्धारका लागि एयर एम्बुलेन्ससमेत प्रयोग गरिएको थियो।

मोनितोबामा यो हालसम्मकै डरलाग्दो र ठूलो सडक दुर्घटना हो।