गाजापट्टीमा इजरायलको आक्रमण, १५६ जनाको मृत्यु

न्युजलय १७ पुस २०८०, मङ्गलबार ११:५१ मा प्रकाशित

 काठमाडौ । इजरायलको पछिल्लो आक्रमणमा गाजापट्टीमा १५६ जनाको मृत्यु भएको छ।

यससँगै इजरायलसँगको युद्धमा प्यालेस्टिनी क्षेत्रमा कम्तीमा २१ हजार ९७८ जना मारिएको हमासशासित गाजापट्टीको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अक्टोबर ७ मा हमासले आक्रमण शुरु गरेपछि इजरायलले गाजामा निरन्तर आक्रमण गर्दै आएको छ।