गैह्र आवासीय नेपाली संघको वार्षिकोत्सवको अवसरमा ताबुकमा राहदानी सेवा

न्युजलय १५ साउन २०८०, सोमबार ११:२० मा प्रकाशित

साउदी अरब । यहाँस्थित ताबुकमा राहदानी नविकरण तथा वितरण गरिएको छ । गैर आवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिती ताबुकको नवौं वार्षिकोत्सवका अवसरमा उक्त सेवा दिइएको हो । साथै श्रमिकहरुसँग अन्तरक्रिया कार्यक्रमसमेत गरिएको थियो ।

नेपाली महावाणिज्यदुतावास जेद्धाले गत २८ देखि २९ जुलाईसम्म राहदानी नवीकरण फाराम संकलन गर्नुका साथै नयाँ राहदानी वितरण गरेको हो । 


दूतावासका श्रम सहचारी तमराज काफ्लेका साथै स्थानीय कर्मचारीहरु जमल बुरहान, दिनेश पन्डित र राजु बास्कोटाहरुले सहजिकरण गरेका थिए । नयाँ आवेदकहरु ३७१ जना, अघिल्लो आवेदन रद्ध भएका ८ जना र नवीकरण गरिएका ११ जनालाई सेवा दिइएको थियो ।


उक्त अवसरमा संस्थाका सस्थापक तथा सल्लाहकार भक्तबहादुर हमाल र गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष साथै आर सि सि का सल्लाहकार अर्जुन थापाले केक काटेका थिए । सहभागिहरु नेपाली पोशाकमा उपस्थित भएका थिए ।


ताबुकमा नेपालीहरुो संख्या बढ्दो रहेकोले संस्थाले महावाणिज्यदूतावासलाई थप मेसिन खरीद गरि सेवा दिन आग्रह गरेको थियो ।