भारतमा अवैध पटाका कारखानामा विष्फोट हुँदा ७ जनाको मृत्यु

न्युजलय ११ भदौ २०८०, सोमबार १२:१८ मा प्रकाशित

 काठमाण्डौ । भारतको पश्चिम बङ्गालको एउटा अवैध पटाका उत्पादन कारखानामा विस्फोट भएको छ । विस्फोटमा परेर कम्तिमा ७ जनाको ज्यान गएको छ ।

अरु केही व्यक्ति घाइते भएका अग्नी नियन्त्रण कार्यालयका अधिकृतले बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्  । दुई तले घरमा भएको विस्फोटमा भवनका मालिक पनि गम्भीर घाइते भएका छन् ।

घाइतेको बारासातमा रहेको अस्पतालमा उपचार भैरहेको छ ।