खोटाङमा काठले किचेको अवस्थामा सुमो चालक मृत फेला

न्युजलय ११ असोज २०८०, बिहिबार ०५:५७ मा प्रकाशित

खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कस्थित वडा कार्यालय जाने बाटोमा सुमो चालक नवराज आचार्य मृत फेला परेका छन् । 


बिहिबार बिहान आचार्यको शव डिलमुनि खसेर घोप्टो परेको, मुन्टो भाँचिएको, दुई हात दुई वटा काठको मुढोले किचेको अवस्थामा फेला परेको हो । 


उनी डिलमा राखिएको काठको मुढोसँगै खसेको अनुमान गरिएको छ । आचार्यको साथमा मोबाईल र बेल्टमा बाँधिएको गाडीको चाँबी भेटिएको छ । टना संकास्पद देखिएको र प्रहरीले अनुसन्धानपछि घटनाको वास्तविकता खुल्ने ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कले जनाएको छ ।