चीनमा सडक दुर्घटना, १७ जनाको मृत्यु

न्युजलय २४ पुस २०७९, आइतबार ०२:५२ मा प्रकाशित

काठमाडौं । पूर्वी चीनको जियाङ्सी प्रान्तको नानचाङ काउन्टीमा आइतबार बिहान सडक दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । 

घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको स्थानीय अधिकारीले जनाएका छन् । यस समाचारको विस्तृत विवरण भने प्राप्त नभएको समाचारमा जनाइएको छ ।