भारतमा एक कारखानामा आगलागी हुँदा ६ जनाको मृत्यु, ९ जना घाइते

न्युजलय १५ पुस २०८०, आइतबार ०१:३८ मा प्रकाशित

काठमाडौँ । भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रको एक कारखानामा शनिबार र आइतबारको मध्यरातमा आगलागी हुँदा कम्तीमा ६ जनाको मृत्यु एको छ । साथै अन्य ९ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।   

राज्यको छत्रपति सम्भाजीनगर जिल्लामा रहेको ह्यान्ड ग्लोब्स उत्पादन गर्ने एक उद्योगमा आगलागी भएको हो । आगलागीको कारण खुल्न सकेको छैन । 

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकोले मृतकसंख्या थप बढ्न सक्ने बताइएको छ ।