पाकिस्तानमा ६.३ म्याग्नेच्युडको भूकम्प

न्युजलय १५ माघ २०७९, आइतबार ०३:४१ मा प्रकाशित

काठमाण्डौ । पाकिस्तानको इस्लामाबादमा भूकम्पको झट्का महसुस भएको छ । भूकम्पको ६.३ म्याग्नेच्युड मापन गरिएको छ । भूकम्प स्थानीय समयानुसार आइतबार मध्यान्ह १२ः५४ मा गएको हो ।

पाकिस्तानी मौसम विभागका अनुसार भूकम्पको गहिराई १५० किलोमिटर मापन गरिएको थियो जसको केन्द्र ताजिकिस्तान रहेको थियो ।

पाकिस्तानी तथा भारतीय मिडियाले भूकम्पको म्याग्नेच्युड ६.३ भने पनि अमेरिकी भौगर्भिक सर्वेक्षणले ३२.४ किलोमिटर गहिराइमा गएको भूकम्प ४.४ म्याग्निच्युड रहेको जनाएको छ ।