दुबई । दुबईमा आगलागी हुँदा चार भारतीय नागरिकसहित १६ जनाको मृत्यु भएको छ । त्यहाँको पाँच तले आवासीय भवनमा भएको आगलागीमा परी थप नौ जना घाइते भएका छन् । शनिबार दुबईको अल–रासस्थित आवसीय भवनको चौथो तलामा आगलागी भएको थियो ।
यो आगलागी कसरी लाग्यो र यसले कति क्षति गर्यो भनेर हालसम्म खुल्न नसकेको दुबईको सिभिल डिफेन्सले जनाएको छ ।