बिहारमा विषाक्त मदिरा सेवनबाट ३४ जनाको मृत्यु

न्युजलय ५ बैशाख २०८०, मङ्गलबार १२:३७ मा प्रकाशित

काठमाडौं । भारतको बिहारमा विषाक्त मदिरा सेवन गर्दा ३४ जनाको मृत्यु भएको छ। 

गम्भीर बिरामी परेका १४ जनाको मोतिहारी र मुजफ्फरपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। 

बिहारको राजधानी पटनाबाट १५१ किलोमिटर उत्तरमा रहेको पूर्वी चम्पारण (मोतिहारी) जिल्लामा शुक्रबार मदिरा सेवन गर्नेहरू धेरैलाई समस्या देखिएको हो। 

प्रहरीले विषाक्त मदिरा बेच्ने ठाउँमा छापा मार्ने क्रममा हालसम्म १०८ जनालाई पक्राउ गरेको छ भने ६ हजार लिटरभन्दा बढी मदिरा बरामद गरेको छ।

नियन्त्रणमा लिएका मध्ये एक जनाले  पनि मदिरा सेवन गरेको र उपचारकै क्रममा निधन भएको प्रहरीले जानकारी दिएको छ।