काठमाडौं । इजरायलमा मृत्यु भएका नेपालीको शव नेपाल ल्याइने भएको छ ।
इजरायलस्थित नेपाली दूतावासका अनुसार पहिचान भएका शवको कानूनी प्रक्रिया पूरा गरी २र३ दिनभित्र नेपाल ल्याउने तयारी भएको हो ।
सम्पर्कविहीन रहेका विपिन जोशीको खोजी कार्य उपलब्ध सम्पूर्ण संयन्त्र तथा माध्यमहरुको प्रयोग गरी अझै तीव्र पारिएको दूतावासले जनाएको छ ।
यसैबीच आज १८ जना नेपालीहरु इजरायलबाट नेपालका लागि प्रस्थान गरेका छन् । फर्कनेहरूमा ४ जना विद्यार्थी, १३ जना कामदार र १ जना पर्यटक भिसामा आएकाहरु छन् । इजरायलको तेल अविवस्थित विमानस्थलबाट स्थानीय समय अनुसार दिउँसोको २ः५५ बजे उडेको स्पाइस जेटको उडानबाट उनीहरुलाई पठाइएको हो ।