जम्मु कश्मीरमा सुरक्षाकर्मीसँगको मुठभेडमा पाँच विदेशी आतङ्कवादी मारिए

न्युजलय ३३ जेठ २०८०, शुक्रबार ०१:४९ मा प्रकाशित

काठमाडौं । भारत प्रशासित जम्मु कश्मीरको कुपवाडा जिल्लामा शुक्रबार आतङ्कवादी र सुरक्षाकर्मीबीच भएको भिडन्तमा परी पाँच विदेशी आतङ्कवादी मारिएका छन् ।

कुपवाडा जिल्लाको एलओसीको जुमागुन्ड क्षेत्रमा सुरक्षाकर्मीसँगको मुठभेडमा परी पाँच जना आतङ्कवादी मारिएको अधिकारीले जनाएका छन् ।

कारबाहीका क्रममा दुई जना आतङ्कारीलाई नियन्त्रणमा लिइएको छ । त्यहाँ भएको सुरक्षा कारबाहीको विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।