सिक्किममा भारतीय सेना चढेको ट्रक दुर्घटना हुँदा १६ सैनिकको मृत्यु

न्युजलय ८ पुस २०७९, शुक्रबार ०६:२५ मा प्रकाशित

काठमाडौं । भारतको सिक्किममा आज शुक्रबार भारतीय सेना चढेको ट्रक दुर्घटना हुँदा १६ जना सैनिकको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा तीन जना सैन्य अधिकृत र १३ जना जवान रहेका बीबीसी हिन्दीले जनाएको छ । दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । घाइतेहरूलाई हेलिकप्टरमार्फत उद्धार गरी अस्पताल लगिएको छ ।

सैनिक बोकेका तीन वटा गाडी सँगसँगै रहेकामा एउटा गाडी घुम्तीमा सडकबाट तल झरेको भारतीय सेनालाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

भारतीय रक्षा मन्त्री राजनाथ सिंहले दुर्घटनामा दुःख व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेका छन् ।