उत्तरपश्चिम पाकिस्तानमा डुंगा पल्टिँदा १० बालबालिकाको मृत्यु

न्युजलय १५ माघ २०७९, आइतबार ०८:२२ मा प्रकाशित

काठमाडौं । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कोहाट जिल्लास्थित बाँधमा आइतबार डुंगा पल्टिँदा १० बालबालिकाको मृत्यु भएको छ।

जिल्लाको टाँडा बाँधमा २५ जना बालबालिकासहितको डुंगा बिहानै पल्टिँदा सो दुर्घटना भएको हो। 

गोताखोरद्वारा १६ जनालाई उद्धार गरी अस्पताल लगिएको कोहट जिल्लाका उपायुक्त फुरकान अशरफले बताएका छन्।

बाँधबाट अरू नौ जनाको शव फेला परेको अशरफले बताए भने एक बालकले अस्पताल उपचारका क्रममा निधन भएको थियो।

सिन्ह्वासँग कुरा गर्दै उद्धार संस्था ईधी फाउन्डेसनले बताए अनुसार ती बच्चाहरू गोष्ठीमा आमन्त्रित विद्यार्थीहरू रहेको र घुमफिरका क्रममा बाँधमा गएका थिए।