अमेरिकामा शक्तिशाली आँधी, कम्तीमा ३३ जनाको मृत्यु

न्युजलय २ चैत २०८१, आइतबार ११:१२ मा प्रकाशित

काठमाडौँ । दक्षिण अमेरिकामा शक्तिशाली आँधी आएको छ। यसमा कम्तीमा ३३ जनाको मृत्यु भएको छ।

यो आँधीले दक्षिण–पूर्वी राज्यहरूमा ठूलो क्षति पुर्‍याएको छ। धेरै सवारी साधन पल्टिएका छन् भने धेरै घरमा क्षति पुगेको छ।

टेक्सासमा आँधीका कारण कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। यसबाहेक ओक्लाहोमा र अर्कान्सासमा पनि जनधनको क्षति भएको खबर छ।

मध्य मिसिसिपी, पूर्वी लुइसियाना र पश्चिमी टेनेसीका लागि गम्भीर मौसम चेतावनी जारी गरिएको छ।