चीनमा कोरोना संक्रमणबाट एक हप्तामा १३ हजारको मृत्यु

न्युजलय ९ माघ २०७९, सोमबार १२:१० मा प्रकाशित

एजेन्सी । चीनमा फेरि कोरोना भाइरसको संक्रमण दर बढेको छ। पछिल्लो १ हप्तामा मात्रै  कोरोनाबाट १३ हजार जनाको मृत्यु भएको छ।

जनवरी १३–१९ को अवधिमा १३ हजार जनाले कोरोनाबाट ज्यान गुमाएका हुन्।

चीनमा हालसम्म ८० प्रतिशत जनसंख्यामा कोरोना संक्रमण फैलिसकेको बताइएको छ। गत जनवरीसम्म कोभिडका कारण ६० हजार मानिसको मृत्यु भइसकेको सीडीसीले जनाएको छ।

सीडीसीका अनुसार चीनले डिसेम्बरको पहिलो हप्ता कोभिड नीति अन्त्य गरेपछि संक्रमण दर बढ्‍दै गएको हो। लामो समयसम्म चर्को विरोध भएपछि चीनले लागू गरेको शून्य कोभिड नीति फिर्ता लिएको थियो।

कोभिड पोजिटिभ व्यक्तिहरुलाई क्वारेन्टाइन शिविरमा बस्न बाध्य पारिएपछि चौतर्फी विरोध भएको थियो ।