चीनको हेबई प्रान्तमा बाढीबाट २९ जनाको मृत्यु

न्युजलय २७ साउन २०८०, शनिवार ०८:०६ मा प्रकाशित

काठमाडौँ । चीनको हेबेई प्रान्तमा बाढीका कारण हेबेई प्रान्तमा हालसम्म २९ जनाको मृत्यु भएको छ भने १६ जना बेपत्ता भएका छन् । 

चीनको आधिकारिक मुखपत्र ग्लोबल टाइम्सका अनुसार बाढीका कारण हेबेईबाट १७ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । 

चीनको अर्थ मन्त्रालय र आपत्कालीन व्यवस्थापन मन्त्रालयले बाढी पीडितका लागि १ अर्ब ४६ करोड युआन राहत दिने घोषणा गरेको छ । 

यो रकम बेइजिङ, तियानजिन, हेबेई, जिलिन र हेइलोङजियाङका बाढी प्रभावित जनतालाई वितरण गरिने छ ।